२५ भदाै,काठमाण्डाै । नेपाली सेनाले समस्या समाधानका लागि सम्बन्धित पक्षहरूसँग समन्वय भइरहेको जानकारी दिएको छ।
आन्दोलनपछिको अवस्थालाई ध्यानमा राख्दै, सेनाले लगाएको कर्फ्यु आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ, त्यसपछि परिस्थितिअनुसार थप निर्णय लिइनेछ।
सेनाले तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।
यसका साथै, सेनाले सामाजिक सञ्जालमा अनाधिकृत सामग्रीहरू नफैलाउन आग्रह गर्दै अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ।
यद्यपि, आन्दोलनकारी समूह ‘जेन जी’ को नाममा बिना मिति र हस्ताक्षरका भ्रामक सामग्रीहरू, जस्तै सहमतिका बुँदा र नयाँ सरकारको स्वरुपबारेका मनगढन्ते जानकारी सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिरहेका छन्।
यी सामग्रीहरूमा सुरक्षा निकायका प्रमुख र मुख्य सचिवको नामसमेत स्पष्टसँग लेखिएको छैन र कुनै संवैधानिक व्यवस्थाको पनि उल्लेख गरिएको छैन। यसरी राज्य सञ्चालनसम्बन्धी संवेदनशील विषयमा हल्का र अतिरञ्जित तरिकाले प्रचार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस् !