२४ भदाै,काठमाडौं । बढ्दो अशान्ति र विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले सर्वसाधारण र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सुरक्षा निकायहरू तैनाथ गर्ने जनाएको छ।
रक्षा मन्त्रालयको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै केही समूहले लुटपाट र आगजनीजस्ता विध्वंसात्मक गतिविधि गरिरहेकोले यस्ता कार्य तुरुन्त रोक्न आग्रह गरेको छ।
विज्ञप्तिमा, यदि यी गतिविधिहरू नरोकिएमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूले नेपाल र नेपालीको सुरक्षाका लागि यही २०८२ भाद्र २४ गते राति १० बजेबाट स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सेनाले सम्पूर्ण देशवासीलाई शान्ति स्थापनाको यस अभियानमा सहयोग गर्न हार्दिक अपिल पनि गरेको छ। विज्ञप्तिअनुसार सुरक्षा स्थितिको थप मूल्याङ्कन गरी आगामी दिनमा थप सूचना जारी गरिनेछ।









प्रतिक्रिया दिनुहोस् !