२४ भदाै,काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गर्नुभएको छ। देशलाई थप क्षति हुन नदिन र शान्तिपूर्ण समाधानका लागि वार्ता नै एक मात्र उपाय भएको उहाँले बताउनुभएको छ।
राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गर्दै, “लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिहरूसँग वार्ता र संवादमार्फत समाधान गर्न सकिन्छ। त्यसैले, संयमित भई वार्तामा आउन म सबैलाई अपिल गर्दछु,” भन्नुभयो।
उहाँले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकहरूलाई सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ।









प्रतिक्रिया दिनुहोस् !