ईर्साद अन्सारी
२४ भदाै,बारा । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र दमनको विरोधमा वीरगञ्जमा भइरहेको प्रदर्शनले हिंसात्मक रूप लिएको छ। विरोध प्रदर्शनका क्रममा केही सवारीसाधनमा आगजनी भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, प्रदर्शनकारीहरूले वीरगञ्ज महानगरपालिकाको हाताभित्र पार्किङ गरिएका सवारीसाधनमा समेत आगजनी गरेका छन्। यस घटनाले शहरको अवस्था तनावग्रस्त बनेको छ। यद्यपि, क्षतिको यकिन विवरण आउन बाँकी छ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी र दमकलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस् !