२४ भदाै, काठमाण्डाै । देशभर जेनजी आन्दोलनले उग्र रूप लिएपछि सुरक्षा व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त भएको छ। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरूले आज बिहानैबाट हिंसात्मक गतिविधि बढाएका छन्।
ललितपुरस्थित मन्त्री क्वार्टरमा आगजनी गर्नुका साथै प्रमुख राजनीतिक दलका नेता र पार्टी कार्यालयहरूमा तोडफोड भइरहेको छ। मध्यान्ह १२ बजेसम्मको अवस्था हेर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले परिस्थितिमाथि नियन्त्रण गुमाएका छन्।
काठमाडौं लगायत देशका प्रमुख सहरका मुख्य सडकहरू आन्दोलनकारीको कब्जामा छन् र सुरक्षाकर्मीहरू पछि हट्न बाध्य भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाए पनि बौद्धिक समुदायले तत्काल राजीनामा दिएर निकास दिनुपर्ने दबाब दिइरहेका छन्। अहिलेको अवस्थामा साँझसम्म आन्दोलनलाई धान्न सक्ने अवस्था नभएकोले थप ठूलो क्षति हुने सम्भावना बढेको छ।
परिस्थिति सरकारको नियन्त्रणभन्दा बाहिर गइसकेकाले देश एक गम्भीर सुरक्षा संकटतर्फ धकेलिएको छ।









प्रतिक्रिया दिनुहोस् !