२४ भदाै,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी र देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई संयम रहन अनुरोध गरेका छन्। उनले कुनै पनि प्रकारको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण माध्यम र संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले उत्पन्न परिस्थितिको गम्भीर मूल्याङ्कन भइरहेको र सरोकारवाला पक्षहरूसँग सार्थक निष्कर्षका लागि संवादमा रहेको जानकारी दिएका छन्। यसै सन्दर्भमा, उनले आज साँझ ६ बजेका लागि सर्वदलीय बैठकसमेत आह्वान गरेका छन्।
उनले विज्ञप्ति जारी गर्दै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा धैर्य र संयम अपनाउन विनम्र अनुरोध गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !