२४ भदाै,काठमाडौं । चौतर्फी विवादमा रहेका खानेपानी मन्त्री प्रदीप यादवले अन्ततः राजीनामा दिने भएका छन् । पार्टीले फिर्ता बोलाउँदा पनि अटेर गर्दै आएका उनले जेनजीको प्रदर्शनमा १९ जना युवाको ज्यान गएपछि नैतिक संकटमा परी राजीनामा दिन लागेको बताएका छन् ।
सामान्य परिवारबाट आएर मधेसको राजनीतिमा लागेपछि अथाह सम्पत्ति कमाएको र विलासी जीवनशैली अपनाएको भन्दै उनका सहकर्मीहरूले समेत आरोप लगाउँदै आएका थिए ।
सोमबार जेनजीहरूको प्रदर्शनका क्रममा १९ जना युवाले ज्यान गुमाएपछि सरकारमा बसिरहनु उपयुक्त नभएको भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको जानकारी दिए । यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिएकाछन ।









प्रतिक्रिया दिनुहोस् !