२४ भदाै,कैलाली । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरू थप आक्रामक बन्दै गएका छन्। आन्दोलनकारीले नेताका घरहरूलाई निशाना बनाउन थालेका छन्। यसै क्रममा, धनगढीमा रहेको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा आगजनी भएको छ।
प्रदर्शनकारीको एक समूहले देउवाको घरमा आगजनी गरेको हो। यस घटनाले प्रदर्शनकारीहरूको आक्रोश थप बढेको देखाउँछ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ।
जेनजी आन्दोलनले देशभर नेताहरूविरुद्धको असन्तोष र आक्रोशलाई उजागर गरेको छ









प्रतिक्रिया दिनुहोस् !