ईर्साद अन्सारी
२४ भदाै,जनकपुरधाम । सोमबार देशभर १९ जनाको ज्यान जाने गरी भएको जेनजीको प्रदर्शन मंगलबार पनि जारी छ। देशभर थप आक्रामक बन्दै गएको यस प्रदर्शन मधेस प्रदेशमा पनि सरेको छ।
आज बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूले जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका छन्। उनीहरूले अहिले पनि प्रदर्शन गरिरहेका छन्।
सोमबारको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको थियो। जेनजी समर्थकहरू आज देशभर पुनः प्रदर्शनमा उत्रिएका छन्। सर्लाहीमा जेनजी समर्थकहरूले नेपाली कांग्रेस र नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी गरेका छन्। त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकामा पनि आगजनी भएको समाचार प्राप्त भएको छ।









प्रतिक्रिया दिनुहोस् !