२३ भदौ,धनगढि । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज देशभर सरकारविरुद्ध प्रदर्शन चर्किएको छ । यसै क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि प्रदर्शनकारीहरू प्रवेश गरेका छन् ।
आज बिहानैदेखि चर्किएको प्रदर्शनमा विशेषगरी जेनजी (Gen-Z) का युवाहरूको उल्लेख्य सहभागिता रहेको छ । उनीहरूले मुख्यमन्त्री कार्यालय परिसरभित्र प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरूले सोमबार भएको घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
हालसम्म प्रदर्शन शान्तिपूर्ण रहेको छ तर तनावको स्थिति भने कायमै छ । सुरक्षाकर्मीहरूले कार्यालय र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।









प्रतिक्रिया दिनुहोस् !