२४ भदाै,बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा आज बिहानैदेखि स्थानीय युवाहरूले टायर बालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्। कलैयाको भरतचोकमा भेला भएका युवाहरूले सरकार विरोधी चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले “हत्यारा सरकार मुर्दाबाद,” “विद्यार्थी मार्न पाइँदैन,” र “केपी ओली राजीनामा दे” जस्ता नारा लगाएका छन्। उनीहरूले हिजो सोमबार जेनजीले गरेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा १९ जना युवाको ज्यान गएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
प्रदर्शनकारीहरूले सो घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। साथै, उनीहरूले मृतकलाई सहिद घोषणा गरी पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि राखेका छन् । प्रदर्शन जारिरहेकाे बताईन्छ ।









प्रतिक्रिया दिनुहोस् !