२३ भदाै,बारा । देशको राजधानी काठमाडौँसहित विभिन्न सहरमा जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध गरेको आन्दोलन हिंसात्मक बन्दै गएको छ ।
सोमबार काठमाडौँलगायतका स्थानमा विद्यार्थी र युवाहरूमाथि भएको प्रहरी दमन र हत्याको विरोधमा वीरगञ्जमा पनि आन्दोलन चर्किएको छ । सोमबार साँझ वीरगञ्जको घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गर्दै प्रदर्शन गरे ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य द्वारलाई चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ ।
देशभरको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।









प्रतिक्रिया दिनुहोस् !