२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि र १९ जना प्रदर्शनकारीले ज्यान गुमाएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएका थिए ।
एक मन्त्रीलेले दिएको जानकारीअनुसार, गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा भएको हिंसा र जनधनको क्षतिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाइसकेका छन्, जसले गर्दा सरकारको चर्को आलोचना भइरहेको छ ।
यसअघि, उनले आफ्नो पार्टीको बैठकमा पनि नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराइसकेका थिए । सोमबार भएको जेन्जीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो र देशभर तनाव बढेको थियो । यस घटनाले देशको राजनीतिक र सामाजिक अवस्थामा गम्भीर प्रश्नहरू खडा गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !