२३ भदाै,बिराटनगर । सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले बताएको छ । उनीहरूको परिचय भने खुलिसकेको छैन ।
प्रदर्शनका क्रममा घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे ।
सोही प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको भने उपचार भइरहेको छ । प्रहरीका अनुसार सशस्त्र प्रहरीका एक सहायक हवल्दारको गालामा पनि चोट लागेको छ ।









प्रतिक्रिया दिनुहोस् !