२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा उत्रिएका जेनेरेसन जी (Gen Z) का प्रदर्शनकारीहरू र सुरक्षाकर्मीबीच भएको झडप हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचारको क्रममा रहेकामध्ये थप दुई जनाको मृत्यु भएपछि यो संख्या बढेको हो ।
उपत्यकाका विभिन्न अस्पतालबाट प्राप्त जानकारीअनुसार ट्रमा सेन्टरमा मात्रै ९ जनाको मृत्यु भएको छ । त्यसैगरी, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपका कारण दर्जनौँ घाइते भएका थिए, जसको उपचार अहिले पनि विभिन्न अस्पतालमा भइरहेको छ । घाइतेहरूको अवस्था हेर्दा मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको अस्पताल स्रोतले बताएको छ ।
सरकारले सामाजिक सञ्जालमा गरेको प्रतिबन्धविरुद्ध जेनेरेसन जी (Gen Z) ले शान्तिपूर्ण प्रदर्शन सुरु गरेका थिए, तर केही स्थानमा प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । यस घटनाले देशमा ठूलो तनाव सिर्जना गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !