२३ भदाै,काठमाण्डाैं । समाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। ट्रमा सेन्टरमा उपचाररत थप एक जना प्रदर्शनकारीको मृत्यु भएपछि यो संख्या १५ पुगेको हो।
योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ। यसबाहेक, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ। प्रदर्शनमा घाइते भएकाहरूको यकिन विवरण भने अझै प्राप्त भएको छैन।
यसैबीच, प्रदर्शनकारीको मृत्यु भएपछि नेपाली कांग्रेसका नेताहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले नै उनलाई फिर्ता बोलाउनुपर्ने बताएका छन्।









प्रतिक्रिया दिनुहोस् !