२३ भदाै,काठमाण्डाै । काठमाडौंमा जेन जी (Gen Z) युवाहरूको प्रदर्शन चर्किएसँगै सरकारले सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
इन्टरनेट सेवा प्रदायक (ISP) हरूले आजबाट फेसबुकमा पहुँच पुनः सुचारु गरेका छन्, जसले गर्दा देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलाउन पाएका छन्। यद्यपि, सरकार वा इन्टरनेट कम्पनीहरूले यस विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन्।
सरकारले दर्ता नभएको भन्दै फेसबुक, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयको विरोधमा आज जेन जी पुस्ताका युवाहरूले काठमाडौंमा वृहत प्रदर्शन गरेका थिए। उनीहरूको आन्दोलनले नै सरकारलाई फेसबुकमाथिको प्रतिबन्ध हटाउन दबाब दिएको विश्वास गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !