२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको दमनका क्रममा घाइते भएका थप एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ । यससँगै प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदर्शनमा घाइते भएकाहरूको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ज्यान गुमाउनेमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना रहेका छन् ।
प्रदर्शनमा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । अहिले पनि केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस् !