२३ भदौ काठमाण्डाैं । राजधानीको बानेश्वर चोकमा प्रदर्शनकारी र प्रहरीबीचको झडपले हिंसात्मक रूप लिएको छ।
प्रहरीले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको छ।
सरकारले कर्फ्यू लगाएको भए पनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरू आक्रोशित रूपमा सडकमा उत्रिएका छन्।
संसद् परिसरभित्रबाट प्रहरीले अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इँटासमेत प्रहार गरिरहेको छ भने, प्रदर्शनकारीले संसद् भवन परिसरमा आगजनीको प्रयास गरेका छन्। यस क्रममा भएको भागदौडमा केही व्यक्तिहरू घाइते भएका छन्।









प्रतिक्रिया दिनुहोस् !