२३ भदाै,काठमाडौं । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले आज दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
प्रदर्शनकारीले सरकारी सम्पत्तिमाथि क्षति पुर्याउन थालेपछि र स्थिति नियन्त्रणबाहिर जान लागेपछि यो निर्णय लिइएको जनाइएको छ । कर्फ्यू अवधिमा कुनै पनि व्यक्तिलाई बाहिर हिँडडुल गर्न, भेला हुन वा प्रदर्शन गर्न निषेध गरिएको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको नियम पालना गर्न र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । सुरक्षाकर्मीहरूले कर्फ्यू क्षेत्रमा गस्ती बढाएका छन् ।









प्रतिक्रिया दिनुहोस् !