२३ भदौ, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका जेनजी (Gen Z) युवाहरूले प्रहरीको घेरा तोड्दै भवनभित्र प्रवेश गरेका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले आकस्मिक रूपमा गेट चढेर संसद् परिसरभित्र प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य गेटबाट माथि चढेर भित्र प्रवेश गर्न सफल भएका हुन् । यस क्रममा प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सफल भएन । अहिले संसद् भवन परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ । जेनजी युवाहरू विभिन्न मागसहित केही दिनदेखि आन्दोलनमा छन् । उनीहरूले महँगी नियन्त्रण, भ्रष्टाचार उन्मूलन, र रोजगारी सिर्जना लगायतका मुद्दा उठाएका छन् ।
यस घटनाले जेनजी युवाहरूको आन्दोलनले नयाँ मोड लिएको देखाउँछ । प्रदर्शनकारीहरू भित्र प्रवेश गरेपछि संसद् परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस् !