२१ भदाै,काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाको धाकधम्कीबाट बनेको आरोप लगाएका छन्।
पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो सरकारलाई ‘दलाल पुँजीवाद’ र ‘क्रोनी क्यापिटलिजम’ को प्रतिनिधि भएको दाबी गरे।
प्रचण्डले कांग्रेस–एमालेका नेताहरूले आफ्नो बुद्धिले नभई डर र धम्कीले सरकार बनाएको र चलाएको बताए।
उनले माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको र आफू सोही वर्गको प्रतिनिधि भएको जिकिर गर्दै ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थानलाई आफ्नो प्राथमिकता बताए।
यसैगरी, उनले सहकारीको बचत अपचलनमा कांग्रेस–एमालेका नेताहरू नै जिम्मेवार रहेको आरोप लगाउँदै शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार ढालिएको र त्यसैले काम अघि बढ्न नसकेको बताए।









प्रतिक्रिया दिनुहोस् !