२६ जेठ बारा / आफ्नै छोरी बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ परेका छन ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो ।
१४ बर्षको उमेर देखि आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले जाहेरी दिएको आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ
उनी नेकपा एमालेबाट निर्वाचित वर्डा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस् !