११ भदाै,बारा । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्याको आरोप लागेका लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन्।
उनलाई प्रहरीले नियन्त्रणमा लिई अस्पताल पुर्याएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
के हो घटना?
शनिबार, रुबि साह गौर बजार जान्छु भनेर आफ्नो डेराबाट निस्केकी थिइन्। त्यसपछि उनी बेपत्ता भएकी थिइन्। पछि उनको शव एउटा सुटकेसभित्र बन्द गरिएको अवस्थामा फेला परेको थियो, जसले सबैलाई स्तब्ध बनाएको छ।
कसरी फेला परे आरोपी?
प्रहरीले अनुसन्धान गर्दै जाँदा हत्याको शङ्का लक्ष्मण पासवानमाथि सोझिएको थियो। उनलाई खोज्दै जाँदा प्रहरीले माधवनारायण नगरपालिका–६, माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला पारेको हो।
घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !