९ भदाै,बारा । बारा जिल्लाको फेटा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको छ।
हिँडडुल गर्न नसक्ने र असक्त जीवन बिताइरहेका स्थानीयहरुलाई लक्षित गरी गाउँपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी तथा उपाध्यक्ष निलम साहले संयुक्त रूपमा ह्वीलचेयर हस्तान्तरण गर्नुभएको थियो। ह्वीलचेयर पाएपछि अपाङ्गता भएका व्यक्तिहरुको मुहारमा खुसी छाएको देखिन्थ्यो। उनीहरु अब सहजै हिँडडुल गर्न पाउने भएपछि उत्साहित भएका थिए।
गाउँपालिकाका अध्यक्ष अन्सारीले अपाङ्गता भएका व्यक्तिहरुको जीवनलाई सहज बनाउन र उनीहरुलाई समाजको मूलधारमा ल्याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउनुभयो। उपाध्यक्ष निलम साहले पनि गाउँपालिका अपाङ्गतामैत्री बनाउने र उनीहरुलाई आवश्यक सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। यसले उनीहरुको आत्मनिर्भरता बढाउन र दैनिक कार्यमा सहजता ल्याउन मद्दत पुग्नेछ।









प्रतिक्रिया दिनुहोस् !