६ भदाै, बारा । राजयोगिनी दादी प्रकाशमणिजीको १८औं पुण्य स्मृति र विश्व भ्रातृत्व दिवसको अवसरमा शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बरियारपुर, महागढीमाई नगरपालिकाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १७ जना महिलासहित कुल १०७ जनाले रक्तदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र प्रसाद यादव र विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी थिए ।
महागढीमाई नगरपालिकाका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, स्थानीय प्रतिनिधिहरू तथा सर्वसाधारणको समेत सक्रिय सहभागितामा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह लगायत विभिन्न स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सुष्मा बहनले जानकारी गराएअनुसार, शनिबार कलैयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पनि रक्तदान कार्यक्रमको आयोजना हुनेछ। यसका साथै, सोही दिन नेपाल र भारतभरका अधिकांश ब्रह्माकुमारी सेवा केन्द्रहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ।









प्रतिक्रिया दिनुहोस् !