६ भदाै,पर्सा। देशकै कुल राजस्वको ६० प्रतिशत संकलन हुने वीरगन्जमा पछिल्लो समय तस्करी मौलाएको छ।
गृह मन्त्री रमेश लेखकले परिणाम देखिने गरी काम गर्न दिएको निर्देशनको अवज्ञा गर्दै, तस्करहरूले खुलेआम सामान ओसारपसार गरिरहेको पाइएको छ। यस कार्यमा प्रहरीको ‘द्रुत प्रतिकार्य टोली’ (QRT) नै संलग्न भएको आरोप लागेको छ।
विशेष गरी, पर्सा जिल्लाको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले QRT मा खटाएका सहायक हवल्दार विवेक सिंहले तस्करहरूसँग ‘सेटिङ’ मिलाउने गरेको स्रोतले बताएको छ
देशकै मुख्य भन्सार नाका, इनर्वा गाउँ र श्रीसिया लगायतका क्षेत्रबाट तस्करी हुने कम्प्युटर पार्टपुर्जा, लत्ताकपडा, इलेक्ट्रोनिक सामान, रजनीगन्धा, हार्डवेयर र मोबाइलका सामानहरू साइकल, मोटरसाइकल र ई-रिक्सामा लोड गरी नेपाल भित्र्याउने गरिएको छ।
सहायक हवल्दार सिंहले ‘हरियो झण्डा’ देखाएपछि मात्र तस्करहरूलाई अगाडि बढ्न अनुमति दिने गरेको र सो क्षेत्रमा करिब तीन दर्जनभन्दा बढी तस्कर समूह सक्रिय रहेको बताइएको छ। नाममा ‘द्रुत प्रतिकार्य’ भनिए पनि यो टोलीको मुख्य काम नै तस्करीमा सहयोग पुर्याउनु रहेको देखिन्छ।
यस किसिमको सेटिङका कारण राज्यलाई ठूलो राजस्व घाटा भइरहेको छ र सरकारको तस्करी नियन्त्रण गर्ने नीतिमाथि नै प्रश्न उठेको छ। गृहमन्त्रीको निर्देशन पालना नहुनु र प्रहरी प्रशासनको यस्तो संलग्नताले राजस्व संकलनमा समेत निराशाजनक परिणाम देखिएको छ।









प्रतिक्रिया दिनुहोस् !