४ भदाै,बारा । वर्षौंदेखि कलैया उपमहानगरपालिकाको मुख्य चोक, भरत चौकमा रहेको पुरानो सार्वजनिक शौचालय अन्ततः भत्काउन सुरु गरिएको छ। नयाँ अत्याधुनिक शौचालय निर्माण भएपछि यो पुरानो संरचनाले चोकको सौन्दर्यतामा कमी ल्याएको भन्दै यसलाई हटाउने निर्णय गरिएको हो।
यो पुरानो शौचालय लामो समयदेखि प्रयोगमा रहेपनि जीर्ण अवस्थामा थियो। यसको सरसफाइमा पनि ध्यान नदिँदा यसले दुर्गन्ध फैलाउने र चोकको सुन्दरता घटाउने काम गरिरहेको थियो। नगरवासी र स्थानीय व्यवसायीहरूले लामो समयदेखि यसलाई हटाउन माग गर्दै आएका थिए।
उपमहानगरपालिकाले चोकको सौन्दर्य बढाउन र नगरलाई थप व्यवस्थित बनाउन यो कदम चालेको जनाएको छ। पुरानो शौचालय भत्काइएपछि त्यस ठाउँमा खुल्ला ठाउँ बनाइने वा कुनै बगैँचा वा अन्य सौन्दर्यीकरणका संरचना निर्माण गरिने योजना रहेको मेयर बिनाेद शाहले बताए। यसले भरत चोकलाई थप आकर्षक र स्वच्छ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
नयाँ शौचालय पुरानोको तुलनामा आधुनिक, सफा र व्यवस्थित छ, जसले गर्दा सर्वसाधारणलाई सुविधा पनि पुगेको छ। यसरी पुरानो र जीर्ण संरचना हटाई नगरको सौन्दर्य बढाउने कार्यले नगरवासीमा खुसी र सन्तुष्टि छाएको छ।









प्रतिक्रिया दिनुहोस् !