२ भदाै, बारा । आदर्श कोतवाल गाउँपालिकामा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
अख्तियारको टोलीले गाउँपालिकामा भइरहेका विभिन्न अनियमितताको उजुरीका आधारमा छापा मारेको बताइएको छ।
छापा मार्ने क्रममा टोलीले गाउँपालिकाका केही महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ। विशेषगरी, योजना निर्माण, ठेक्कापट्टा र आर्थिक कारोबारसँग सम्बन्धित कागजातहरूमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ।
अख्तियारको यो कदमलाई गाउँपालिकाभित्र बढेको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि महत्वपूर्ण मानिएको छ। थप अनुसन्धानपछि विस्तृत जानकारी सार्वजनिक गरिने अख्तियारले जनाएको छ। यस विषयमा गाउँपालिकाका पदाधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन्।









प्रतिक्रिया दिनुहोस् !