३१ साउन,राैतहट । रौतहटको देवाही गोनाही नगरपालिका-९, धरहरीमा कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रमलाई लिएर उत्पन्न विवादले झडपको रूप लिएको छ।
उक्त झडपमा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह लगायत सात जना घाइते भएका छन्।
मेला उद्घाटन (रिबन काट्ने) गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको हो। झडपका क्रममा नगर प्रमुख प्रेमलाल साहलाई टाउकोमा गम्भीर चोट लागेको छ।
उहाँलाई तत्कालै उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको छ।
यसैगरी, उक्त घटनामा प्रहरी जवान जगदीश यादव र घनशंकर ठाकुर पनि घाइते भएका छन्। घटनापछि प्रहरीले घटनास्थलबाट तीन जनालाई पक्राउ गरेको छ।
घाइतेहरूको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !