Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जनकपुरमा पत्रकारमाथि आक्रमण, प्रेस चौतारीद्वारा घटनाको निन्दा

admin
admin
August 13, 2025
जनकपुरमा पत्रकारमाथि आक्रमण, प्रेस चौतारीद्वारा घटनाको निन्दा

Oplus_16908288

350
SHARES
ShareTweetSubscribe

२८ साउन,बारा । धनुषा जिल्लाको जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिको कार्यालय निर्माणस्थलमा भएको हिंसात्मक घटनाप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बार एसोसिएसनका पदाधिकारीहरूको नेतृत्वमा गरिएको जग्गा कब्जाको असंवैधानिक प्रयासका क्रममा पत्रकारहरूमाथि आक्रमण भएको प्रेस चौतारीको विज्ञप्तिमा उल्लेख छ।

साउन २७ गते भएको उक्त आक्रमणमा नेपाल पत्रकार महासंघ, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति र पत्रकार दिवाकर साह घाइते भएका छन्।

आक्रमणबाट महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकर साहको टाउकोमा गम्भीर चोट लागेको छ।

प्रेस चौतारी नेपालले यस घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमाथि भएको योजनाबद्ध हमलाको रूपमा लिएको छ। संस्थाले विज्ञप्ति जारी गर्दै पेशागत मर्यादाको ख्याल नगरी बार एसोसिएसनको नाममा गुण्डागर्दी भएको भन्दै घटनाको निन्दा गरेको छ।

प्रेस चौतारीले आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र घाइते पत्रकारहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्न माग गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको छ।

यदि यस्ता घटनाको प्रतिकार गर्नुपर्ने अवस्था आएमा प्रेस चौतारी बाध्य हुने चेतावनी पनि संस्थाले दिएको छ। प्रेस विज्ञप्तिमा प्रेस चौतारीका महासचिव हिरामान लामाको हस्ताक्षर रहेको छ।

Post Views: 7
Previous Post

निकिता पौडेलद्वारा गृहमन्त्रीमाथि खुला प्रश्न, अदालतको आदेश तपाईंको निर्देशनमा किन रोकियो?'

Next Post

धनुषामा पत्रकारमाथि आक्रमणको अध्ययन गर्न नेपाल पत्रकार महासंघद्वारा मिसन टोली गठन

admin

admin

Next Post
पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

धनुषामा पत्रकारमाथि आक्रमणको अध्ययन गर्न नेपाल पत्रकार महासंघद्वारा मिसन टोली गठन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.