Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

निकिता पौडेलद्वारा गृहमन्त्रीमाथि खुला प्रश्न, अदालतको आदेश तपाईंको निर्देशनमा किन रोकियो?’

admin
admin
August 13, 2025
निकिता पौडेलद्वारा गृहमन्त्रीमाथि खुला प्रश्न, अदालतको आदेश तपाईंको निर्देशनमा किन रोकियो?’

Oplus_16908288

550
SHARES
ShareTweetSubscribe

२८ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएकी छन्।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत गृहमन्त्री लेखकलाई खुला प्रश्न गर्दै आम थुनुवाले पाउने अड्डासारको सुविधा रवि लामिछानेको हकमा किन रोकिएको भन्दै प्रश्न गरेकी छिन्।

अदालतको आदेश रोकिएको आरोप

निकिताले गृहमन्त्री लेखकको निर्देशनमा अड्डासारको सुविधा रोकिएको आरोप लगाउँदै लेखेकी छिन्, “आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रोकिन्छ, किन?”
उनले न्यायालयमाथि पनि दबाब सिर्जना गरिएको दाबी गरेकी छिन्।

अदालतमा मुद्दाको पेसी चढेपछि गृहमन्त्रीकै निर्देशनमा न्यायिक परिषद्मा उजुरी पर्ने गरेको, उजुरीको ड्राफ्ट गृहमन्त्रीकै कार्यकक्षमा तयार हुने गरेको र न्यायाधीशलाई तर्साउन समाचारका लिङ्कहरू पठाउने गरेको उनको आरोप छ।
‘अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालतसम्म लड्छु’
निकिताले अदालतमा हुने बहसमा सरकारी पक्ष नाजवाफ भए पनि फैसला सधैँ विपक्षमा आउने गरेको बताएकी छिन्।

उनले दुई तिहाइको सरकार भएको बेला विपक्षी दलका नेतामाथि भइरहेको यो अन्यायका विरुद्ध आफू अन्तर्राष्ट्रिय अदालतसम्म जान तयार रहेको उल्लेख गरेकी छिन्। उनले भनेकी छिन्, “मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।”

प्रधान न्यायाधीशलाई प्रश्न

निकिताले सम्माननीय प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएको ‘खुला अन्याय’ बारे सोच्न आग्रह गरेकी छिन्।

उनले जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाने कि नजाने भनेर प्रश्न गरेकी छिन्।
उनले बढुवाको मुखमा न्यायाधीशहरूले न्याय दिन आँट नगर्ने गरेको र यसले गर्दा न्यायालयको हरिबिजोग भएको भन्दै दुःख व्यक्त गरेकी छिन्।

उनले भनेकी छिन्, “उस्तै दुरुस्तै आइडेन्टिकल केसमा सर्वोच्च अदालतले समेत मान्छेलाई धरौटीमा छोड्नु भन्ने नजिर स्थापित गरेको छ। तर त्यसका विपरीत एउटा रवि लामिछाने चाहिँ थुनिएको थुनियै छ।”
न्याय नपाउन्जेल लड्ने प्रतिबद्धता

निकिता पौडेलले रमेश लेखक गृहमन्त्री भएपछि मात्र आफ्ना श्रीमानमाथि सबै मुद्दा लागेको आरोप लगाएकी छिन्। कुनै पनि मुद्दा हदम्यादमा नरहेको उनको भनाइ छ।

उनले आफ्नो श्रीमानले राज्यका सबै निकाय कब्जा गरिएको बताए पनि आफू भने न्यायका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेकी छिन्। न्याय पाउँछु या पाउँदिन भन्ने कुराको परवाह नगरी कानुन र संविधानले दिएका सबै ढोकाहरू ढकढक्याइरहने र न्याय नपाउन्जेल अन्तर्राष्ट्रिय अदालतसम्म पनि जाने उनले बताएकी छिन्।

Post Views: 2
Previous Post

नेपाल पत्रकार महासंघका पत्रकारमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्ष

Next Post

जनकपुरमा पत्रकारमाथि आक्रमण, प्रेस चौतारीद्वारा घटनाको निन्दा

admin

admin

Next Post
जनकपुरमा पत्रकारमाथि आक्रमण, प्रेस चौतारीद्वारा घटनाको निन्दा

जनकपुरमा पत्रकारमाथि आक्रमण, प्रेस चौतारीद्वारा घटनाको निन्दा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.