Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

धनुषामा पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते

admin
admin
August 12, 2025
धनुषामा पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

२७ साउन,जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको स्थायी कार्यालय भवन निर्माणका लागि तयारी भइरहेको जग्गामा मंगलबार केही वकिलहरूको समूहले जबरजस्ती अवरोध पुर्‍याएको छ।

गुठी संस्थानसँग विधिवत रूपमा लिज सम्झौता गरिएको जग्गामा तारबार लगाउने काम भइरहेका बेला वकिलहरूले बल प्रयोग गरी काम रोक्न खोज्दा झडप भएको हो।

यस घटनामा महासंघका अध्यक्ष श्याम बन्जारासहित आधा दर्जन पत्रकार घाइते भएका छन्।
महासंघका पदाधिकारीका अनुसार, धनुषा जिल्लाको जनकपुरधाममा रहेको गुठीको ४ कठ्ठा जग्गा महासंघलाई भवन निर्माणका लागि लिजमा दिइएको थियो। सोही जग्गामा तारबार लगाउन महासंघका पदाधिकारी र सदस्यहरू बिहानैदेखि उपस्थित थिए।

अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदार लगायतको उपस्थितिमा तारबारको काम भइरहेको थियो।
यसै क्रममा, कुनै आधिकारिक आदेश वा कानुनी प्रक्रियाबिना नै वकिलहरूको एक समूहले काम रोक्न खोजेको महासंघले जनाएको छ।

महासंघका पदाधिकारीले कानुनी प्रक्रिया पूरा गरी सम्झौताका कागजातसहित काम गरिरहेको बताउँदै वकिलहरूबाटै कानुनको उल्लङ्घन हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

झडपका क्रममा महासंघ प्रदेश अध्यक्ष बन्जारा, महिला उपाध्यक्ष झा, महासचिव महतोसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
महासंघले वकिलहरूको यो कार्यलाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हक–अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ।

घटनाबारे महासंघले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ। यस कार्यको स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले समेत विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

Post Views: 1
Previous Post

निजामती विधेयकमा भएको हेरफेरको नैतिक जिम्मेवारी लिँदै खतिवडाले दिए राजीनामा

Next Post

धनुषामा पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति द्वारा कडा निन्दा

admin

admin

Next Post
पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

धनुषामा पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति द्वारा कडा निन्दा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.