२६ साउन,बारा । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्ने आदेश दिएको छ।
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
रास्वपा सभापति लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता आफूबाटै गर्न चाहेको भन्दै आफ्नो भागको बिगो बराबरको धरौटीमा रिहाइको माग गर्दै साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए। उनको निवेदनमा सुनुवाइ गर्दै अदालतले थुनामै राख्ने आदेश दिएपछि उनको जेल बसाइ लम्बिएको छ।









प्रतिक्रिया दिनुहोस् !