२६ साउन,सुनसरी । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान बस र माइक्रो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १५ जनाभन्दा बढी घाइते भएका छन्।
सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र प्र २-०१९-००१ ज ००४७ नम्बरको माइक्रो एकआपसमा ठोक्किँदा यो दुःखद घटना भएको हो।
दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !