२२ साउन,काठमाण्डाै । घानामा बुधबार भएको शैनिक हेलिकप्टर दुर्घटनामा देशका रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको ज्यान गएको छ। यस घटनालाई घाना सरकारले “राष्ट्रिय त्रासदी” को संज्ञा दिएको छ।
राजधानी आक्रा नजिकै भएको यस दुर्घटनामा उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक व्यक्तित्वहरूको मृत्यु भएको छ। मृत्यु हुने अन्य व्यक्तिहरूमा घानाका कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगे रहेका छन्।
दुर्घटनाको कारणबारे अहिले थप अनुसन्धान भइरहेको छ। यो दुखद घटनाले घानाको राजनीतिक वृत्तमा ठूलो शोक छाएको छ। सरकारले यस विषयमा थप जानकारी दिने बताएको छ।









प्रतिक्रिया दिनुहोस् !