Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सशस्त्र प्रहरीद्वारा देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना

admin
admin
August 7, 2025
सशस्त्र प्रहरीद्वारा देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

२२ साउन,काठमाण्डाैं । मनसुनको समयमा हुनसक्ने विपद्को जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बलले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेसहरू स्थापना गरेको छ। यसको मुख्य उद्देश्य विपद्मा परेका नागरिकलाई तत्काल उद्धार र राहत प्रदान गर्नु रहेको छ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीका अनुसार, यी बेसहरू जोखिमयुक्त क्षेत्रहरूमा पहिचान गरी स्थापना गरिएको हो र ती स्थानहरूमा विपद् उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली तयारी अवस्थामा राखिएको छ।

काठमाडौं उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले र भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। कोशी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुरमा बेसहरू छन्।

मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया तथा पर्साको पोखरियामा पनि बेस स्थापना गरिएको छ।

यसैगरी, बागमती प्रदेशअन्तर्गत मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मङ्गलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुङ्गा, दोलखाको लिङ्कन बजार र सिङ्गटी, साथै रसुवाको तातोपानीमा बेस राखिएको छ। गण्डकी प्रदेशमा पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा र कास्कीको छाचोकमा बेसहरू छन्।

लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा बेसहरू स्थापना भएका छन्।
कर्णाली प्रदेशमा जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्लीमा बेस राखिएको छ भने सुदूरपश्चिम प्रदेशमा कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ।

यी बेसहरूको स्थापनाले मनसुनका कारण आउन सक्ने बाढी, पहिरो तथा अन्य विपद्को समयमा नागरिकको जीवन र सम्पत्तिको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसअघि, सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको संलग्नता बढाउनका लागि देशभर १ लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गरेको र ९९० जनालाई विपद् स्वयंसेवक तालिम पनि प्रदान गरेको जनाएको छ।

Post Views: 2
Previous Post

१० किलो गाँजासहित एक युवक पक्राउ

Next Post

मधेशमा जल संकट: चुरे दोहनले निम्त्याएको विनाश

admin

admin

Next Post
मधेशमा जल संकट: चुरे दोहनले निम्त्याएको विनाश

मधेशमा जल संकट: चुरे दोहनले निम्त्याएको विनाश

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.