Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुवर्ण गाउँपालिकामा ‘न्यानो झोला’ वितरणमा अनियमितता,महालेखाको प्रतिवेदनमा कैफियत, अख्तियार मौन

admin
admin
August 7, 2025
बाराको सुवर्ण गाउँपालिकामा बजेट रोकियो: आर्थिक अनियमितताको जालो र अख्तियारको रडारमा अध्यक्ष

Oplus_16777216

500
SHARES
ShareTweetSubscribe

२१ साउन,बारा । बाराको सुवर्ण गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरूलाई वितरण गरिने ‘न्यानो झोला’ खरिदमा ठूलो अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले खरिद प्रक्रियामा कैफियत देखाएपनि सरोकारवाला निकायहरूले यस विषयमा आँखा चिम्लिएको भन्दै स्थानीय बासिन्दाहरूले आक्रोश पोखेका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सशर्त अनुदानतर्फ स्थानीय तहबाट सञ्चालन गरिने कार्यक्रमअन्तर्गत ‘न्यानो झोला’ खरिद गरेको थियो।

महालेखाको प्रतिवेदनअनुसार, गत वर्ष ५५४ थानको रु. ४,९८,५८४ र यस वर्ष ६०० थानको रु. ५,३९,०२० बराबरको न्यानो झोला खरिद गरिएको छ। जबकि, गत वर्ष १८५ र यस वर्ष २२२ गरी जम्मा ४०७ जना महिलाले मात्रै सुत्केरी सुविधा लिएका छन्। पालिका र स्वास्थ्य केन्द्रहरूमा खरिद गरिएकामध्ये ७४७ थान झोला मौज्दातमा रहेको देखिन्छ।

* अनावश्यक खरिद र गुणस्तरमा प्रश्न

न्यानो झोलाको माग र आवश्यकताको वस्तुनिष्ठ आकलन नगरी अनावश्यक रूपमा ठूलो मात्रामा खरिद गरिएको पाइएको छ। सबैभन्दा चिन्ताजनक कुरा, खरिद गरिएका यी झोलाहरू तोकिएको ‘स्पेसिफिकेसन’ अनुसार गुणस्तरीय छन् वा छैनन् भनी आधिकारिक तहबाट परीक्षण गरिएको कुनै अभिलेख देखिएको छैन।

लामो समयसम्म भण्डारण गर्दा सामानको गुणस्तरमा ह्रास आउने सम्भावना हुन्छ, तर पनि यस विषयमा पालिकाले कुनै ध्यान दिएको देखिँदैन।
एक स्थानीय बासिन्दाले आक्रोश पोख्दै भने, “प्रत्येक वर्ष न्यानो झोलामा अनियमितताको ग्राफ बढ्दै गएको छ, तर पनि अख्तियार र सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन्।

महालेखाको प्रतिवेदनलाई कार्यबाहीको रूपमा लिने हो भने किन प्रत्येक वर्ष यो नौटंकी भइरहेको छ?” उनले वितरण नै नगरी रकम हिनामिना गरिएको आरोप पनि लगाएका छन्।

पदाधिकारीको मिलेमतोमा अनियमितताको आरोप
यो अनियमिततामा पालिका अध्यक्ष राजेश प्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव, र लेखा अधिकृत प्रिन्स शाहको मिलेमतो रहेको आरोप स्थानीयले लगाएका छन्। (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएपछि यादव स्वास्थ्य स्वासथ्य शाखमा फर्कियका छन )
यस घटनाले गाउँपालिकामा हुने सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

स्थानीय सरकारले जनताको सेवाका लागि छुट्याइएको बजेटमा यसरी अनियमितता गर्नुले सुशासनको खिल्ली उडाएको छ। महालेखाको प्रतिवेदनमा कैफियत देखिएपछि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सम्बन्धित निकायले यस विषयमा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

Oplus_16908288
Post Views: 3
Previous Post

पाँचथरमा बेपत्ता दाजु-बहिनी मृत अवस्थामा फेला, अनुसन्धान सुरु

Next Post

सप्तरीको राजगढमा मदिरा तस्कर र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

admin

admin

Next Post
बारामा सई आफैले बाेकेकाे अटाेमेटिक पेस्ताेल हरायाे,अनुसन्धा हुदै

सप्तरीको राजगढमा मदिरा तस्कर र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.