२० साउन,बिराटनगर । पाँचथरको याङवरक गाउँपालिका-१, विरुवाका १० वर्षीय शिशिर राई र उनकी ४ वर्षीया बहिनी नानुमा राई ५ दिनदेखि बेपत्ता भएकोमा उनीहरूको शव विरुवा खोलाको किनारमा भेटिएको छ।
गत साउन १५ गते शुक्रवार हजुरबुबाको घरबाट विद्यालय जान हिँडेका दुवै जना सम्पर्कविहीन भएका थिए। जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार, उनीहरू विद्यालय भने पुगेका थिएनन्।
मङ्गलवार बिहान विरुवा खोलाको किनारमा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव फेला परेको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ र थप विवरण आउन बाँकी रहेको जनाएको छ। घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मृतकका बुबा बिर्खबहादुर राई खेती किसानी गर्छन् भने उनकी श्रीमती वैदेशिक रोजगारीमा छिन्।









प्रतिक्रिया दिनुहोस् !