२० साउन,काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार मध्यरातमा २८ लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनको आदेशपछि उनी रिहा भएका हुन्।
प्रसाईंले गत चैत १५ गतेको तीनकुने घटनासँग सम्बन्धित मुद्दामा ३ लाख रुपैयाँ र बैंकिङ कसुरमा २५ लाख रुपैयाँ गरी कुल २८ लाख रुपैयाँ धरौटी बुझाएका थिए।
उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
तर, महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। कार्यालयले उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायको मान्य सिद्धान्त विपरीत भएको ठहर गर्दै त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च जाने निर्णय गरेको हो।









प्रतिक्रिया दिनुहोस् !