१४ साउन,बारा । जिल्ला प्रहरी कार्यालय, बाराले ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीले करिब १४७ ग्राम ब्राउन सुगरसहित विश्रामपुर गाउँपालिका वडा नं. १ घोडासहनका २२ वर्षीय अजमुलहक अंसारीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज, पर्साको संयुक्त टोलीले आज दिउँसो २:५० बजे फेटा गाउँपालिका वडा नं. १ भलुहीबाट अंसारीलाई पक्राउ गरेको हो।
कलैयाबाट प्रसौनीतर्फ पैदल आइरहेका अंसारीमाथि शंका लागेर खानतलासी गर्दा उनको शरीरमा लुकाइएको ६०० मिलिग्राम सुख्खा ब्राउन सुगर र १४६ ग्राम ५८० मिलिग्राम लेदो ब्राउन सुगर गरी कुल १४७ ग्राम १८० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले अंसारीलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।









प्रतिक्रिया दिनुहोस् !