१३ साउन,धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी कैलालीको लम्कीमा एकापसमा ठोक्किएर दुर्घटनामा परेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी मंगलबार चिसापानीमा आयोजित कार्यक्रममा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरका गाडीहरु ठोक्किएका हुन्। दुर्घटनाबाट दुबै गाडीमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन्।
ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !