१३ साउन,जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहार गरी एक १४ वर्षीया किशोरीको हत्या भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादव रहेको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिनुभयो। अञ्चली जनकपुरमा आफ्नी आमासँग डेरा गरी बस्दै आएकी थिइन् र पढाइ गर्दै थिइन्।
घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
प्रहरी प्रमुख चतुर्वेदीका अनुसार घटना गएराति करिब ११ बजेतिर भएको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !