१२ साउन,बारा । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगन्जले दुई छुट्टाछुट्टै स्थानमा छापा मारी करिब सात लाख रुपैयाँ बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ।
साउन ११ गते प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा उक्त कारबाही गरेको हो।
गुल्मपति डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा टोलीले आदर्शनगरस्थित एक गोदाममा छापा मारेर भन्सार छली गरी भण्डारण गरिएका तयारी कपडाहरू नियन्त्रणमा लिएको थियो।
यसैगरी, डीएसपी भण्डारीकै नेतृत्वमा १५ जना सशस्त्र प्रहरी र भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जना कर्मचारीको टोलीले अरुण कुमार तेलीको घरमा पनि छापा मारी ठूलो परिमाणमा कपडा बरामद गरेको छ।
बरामद गरिएका कुल सात लाख छ हजार रुपैयाँ बराबरका कपडाहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !