९ साउन, । बारा नागरिक समाज जिल्ला कार्य समिति बिस्तार भएको छ । अध्यक्ष उमेशलाल दासको अध्यक्षतामा कलैयामा सम्पन्न बैठकले समिति बिस्तार संगै जिम्मेवारी समेत तोको छ ।
समितिको अध्यक्षमा उमेशलाल दास, उपाअध्यक्षमा अधिवतmा एकरामुल हक, महिला उपाअध्यक्षमा महिला अधिकारकर्मी बबिता जयसवाल, महासचिवमा संचारकर्मी सिकेन्द्र पासवान, सचिवमा अधिवक्ता समसुदिन हवारी, कोषाध्यक्षमा समाजसेवी ईन्द्रासन मण्डल, सदस्यहरुमा वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, पत्रकार गोकुल घोरासाईने, रामराजा माहेन बिक्रम क्याम्पस कलैयाका प्रमुख निवेश तिम्लिसीना, नेपाल सरकारका अवकास विशिष्ठ श्रेणीका कर्मचारी लक्ष्मी चौधरी, महिला अधिकारकर्मी सरस्वती खरेल समितिको सदस्यमा सर्व सहमत रुपमा जिम्मेवारी पाएको हो ।
बैठकले संघ सरकार, प्रदेश सरकार द्धारा मधेस प्रदेशलाई संकट सुखा ग्रस्त क्षेत्र घोषना गरेको स्वागत गर्ने निर्णय गरेको छ भने चाडो भन्दा चाडो राहत सहितको प्याकेज उपलब्ध गराउन माँग समेत गरिएको छ ।
बैठकले खानेपानीको प्रवन्ध यथाशिघ्र मिलाउन, सिचाईको व्यवस्था मिलाउन, बिधुत सुचारु गर्न, शिक्षा, स्वास्थ्य, गास वास र कपासको प्रवन्ध मिलाउन माँग समेत गरिएको अध्यक्ष दासले जानकारी दिए ।
संविधानमा प्रद्धत मौलिक हकलाई नागरिकको पहुचमा सर्व सुलभ रुपमा पुगाउनका लागि सरकार तथा सरोकारवाला निकायसंग बैठकले आग्रह गर्दै नागरिक समाजको औचित्य तथा भुमिका बिषयक सरोकारवाला निकायसंग अन्तरक्रिया गर्ने बैठकले निर्णय गरेको समाजका महासचिव पासवानले बताए ।









प्रतिक्रिया दिनुहोस् !