८ साउन,सर्लाहि । सशस्त्र प्रहरीले सर्लाहीमा भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सिगरेट र रेडिमेड कपडा बरामद गरेको छ। बरामद गरिएको सामानको मूल्य १ करोड ५८ लाख ५५ हजार रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १० गणको टोलीले ईश्वरपुर नगरपालिका–२ स्थित तुलसी पशुपालन फार्मबाट ती अवैध सामानहरु बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीपति कृष्ण ढकालले दिएको जानकारीअनुसार, विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी, भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले यो छापा मारेको थियो।
फार्ममा लुकाइएको अवस्थामा ८ लाख थान सिगरेट, १ हजार २ सय २५ थान साडी, ९ सय २ थान कुर्था सुरुवाल र १ हजार ३ सय ३० मिटर थानको कपडा बरामद गरिएको छ। बरामद गरिएका सबै सामानहरु थप कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी १० नम्बर गणले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !