Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुखाग्रस्त रौतहट: एकसाता भित्र करेन्ट लागेर ४ किसानको मृत्यु

admin
admin
July 24, 2025
सुखाग्रस्त रौतहट: एकसाता भित्र करेन्ट लागेर ४ किसानको मृत्यु
450
SHARES
ShareTweetSubscribe

सञ्जय मिश्रा

८ साउन,राैतहट । सुखाग्रस्त जिल्ला रौतहटमा खेतमा पानी पताउने क्रममा एकसाता भित्र विद्युतिय मोटरबाट करेन्ट लागेर ४ जना किसानको मृत्यु भएको छ।
बिहीवार दिउँसो मौलापुर नगरपालिकाका प्रवक्ता तथा किसान ५५ बर्षीय चन्देश्वर बैठाको करेण्ट लागेर निधन भएको हो।
मौलापुर ७ ननकार पथरा गाँउ घरभएका बैठा बिहीवार अपरान्ह आफ्नै खेतमा पानी पटाउने क्रममा बिधुतिय मोटरबाट करेन्ट लागेर अचेत भएका थिए। लगत्तै एम्बुलेन्सबाट उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले बैठालाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर प्रवेश कार्किले बताएका छन्।

यस अघि जिल्लामा एकसातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ ।

हिजो
बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। सिँचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागि घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको थियो।

त्यसैगरी कटहरीया–२ जमुनिया गाउँका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको डिएसपी कार्कीले जानकारी दिएका छन्।

करेन्ट लागि घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै गत असार ३१ गते मौलापुर–८ सोनरनियाका १४ वर्षीय गोलु भन्ने नरेन्द्र पटेलको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

यसवर्ष तराईमा खडेरी परेको कारण किसानहरुले मोटरबाट पानी तानेर रोपाईँ गर्नुपर्ने बाध्यता भएको छ । मोटरबाट पानी पटाउने क्रममा लगातार घटना भएको छ। यसैबीच आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगर प्रवक्ता बैठाको निधन प्रति गहिरो दुःख प्रकट गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् विद्युत प्राधिकरणको लापरवाहीले भएको यस दुःखद घटनाको दोषीलाई कानुन बमोजिम कारबाही सहित पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दछु । साथै मृतकप्रति भावपुर्ण श्रद्धांजलि एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु ।

Post Views: 5
Previous Post

सांसद किरण साहविरुद्ध मत फिर्ता र पद खारेजको माग

Next Post

सशस्त्र प्रहरीद्वारा सर्लाहीमा करिब १ करोड ५९ लाखको अवैध सामान बरामद

admin

admin

Next Post
सशस्त्र प्रहरीद्वारा सर्लाहीमा करिब १ करोड ५९ लाखको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा सर्लाहीमा करिब १ करोड ५९ लाखको अवैध सामान बरामद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.