७ साउन,काठमाडौं। संघीय सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी गराइनेछ।
मधेश प्रदेशका आठवटै जिल्लामा अनावृष्टिका कारण सिंचाइका लागि मात्र नभई पिउनका लागिसमेत पानीको अभाव देखिएको छ। यस क्षेत्रमा भूमिगत पानीका मुहानसमेत सुकेकाले पानीको चरम समस्या उत्पन्न भएको हो।
यसअघि मधेश प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको थियो।









प्रतिक्रिया दिनुहोस् !