Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति: माफी नमागे कडा कदम चाल्ने चेतावनी

admin
admin
July 23, 2025
सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति: माफी नमागे कडा कदम चाल्ने चेतावनी
650
SHARES
ShareTweetSubscribe

७ साउन,बारा । बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ, बारा शाखा र मधेश प्रदेश समितिले कडा शब्दमा निन्दा गरेका छन्।

दुवै समितिले अध्यक्ष यादवलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै अन्यथा थप कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, साउन ६ गते मंगलबार दिउँसो मोटरसाइकलमा सवार एक युवकले अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा ठोक्किएर टायर पञ्चर बनाएको निहुँमा अध्यक्ष यादवले ती युवकलाई गालीगलौज र दुर्व्यवहार गरेका थिए।

यस घटनाबारे पत्रकारहरूले समाचार लेखेकै आधारमा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने प्रयास गरेको महासंघको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “अध्यक्षको यस प्रकारको अभिव्यक्तिले सञ्चारकर्मीहरूको मनोबल कमजोर हुनुका साथै डर, त्रासको सिर्जना भई निष्पक्ष र भयरहित रूपमा समाचार सम्प्रेषण गर्न समस्या उत्पन्न भएको छ।” समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने निकाय हुँदाहुँदै अध्यक्ष यादवले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई समेत आत्मसात नगरी पत्रकार र पत्रकारितालाई बदनाम गराउने अभिव्यक्ति दिएको तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघले आरोप लगाएको छ।

बारा शाखाले अध्यक्ष यादवलाई पत्रकारहरूमाथि बेबुनियादी, आधारहीन र अपमानजनक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ। आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सञ्चार माध्यममा आएको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गराउने कार्यमा संलग्न हुनु पत्रकारिताको सम्मानमाथिको हमला भएको विज्ञप्तिमा उल्लेख छ।

“आर्थिक लाभका लागि कुन पत्रकारले कहिले, कहाँ पैसा, तेल माग्ने काम गर्यो? यदि ती कुरामा सत्यता छ वा त्यसका आधार, प्रमाण छ भने सार्वजनिक गर्न अध्यक्ष यादवसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

पेशागत मर्यादामाथि प्रश्न उठाउने अध्यक्ष यादवको कामको कडा रूपमा भर्त्सना गर्दै महासंघले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराहरू तत्काल फिर्ता लिई माफी माग्न आग्रह गरेको छ। फिर्ता नलिएमा महासंघ आगामी कदम सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।

यसैबीच, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले पनि बाराका सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा जारी प्रेस विज्ञप्तिमा बारा शाखाले उपलब्ध गराएको जानकारीअनुसार, अध्यक्ष यादवले सामाजिक सञ्जालमा पत्रकारहरूमाथि निराधार आक्षेप लगाउँदै अपमानजनक टिप्पणी गरी समग्र पत्रकारिता पेशामाथि नै धावा बोल्ने प्रयास गरेको उल्लेख छ।

“समाचारप्रति असहमति जनाउने कानुनी बाटो खुला हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा यस्तो गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण पनि हो,” विज्ञप्तिमा भनिएको छ। मधेश प्रदेश समितिले यस कार्यको घोर भर्त्सना गर्दै अध्यक्ष यादवलाई सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति तत्काल फिर्ता लिई आत्मसमीक्षा गर्न आग्रह गरेको छ।

दुवै विज्ञप्तिमा पछिल्लो समय पत्रकारिता पेशालाई अमर्यादित बनाउने खालका गतिविधिहरू केही व्यक्ति वा समूहद्वारा हुने गरेको र सञ्चार माध्यममा आइसकेको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गर्ने/गराउने भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न/नगराउन सबै पत्रकार र सञ्चार माध्यमका प्रकाशक, सम्पादकहरूलाई आग्रह गरिएको छ।

Post Views: 5
Previous Post

बारामा लागुऔषधको जालो: ठुलाे परिमाणमा लागू औषध एम्पुलसहित २ जना समातिए

Next Post

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

admin

admin

Next Post
जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.