Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जनप्रतिनिधिको दम्भ: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार र हातपातको गम्भीर आरोप

admin
admin
July 22, 2025
जनप्रतिनिधिको दम्भ: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार र हातपातको गम्भीर आरोप
500
SHARES
ShareTweetSubscribe

६ साउन,बारा । लोकतन्त्रमा जनताको सेवाका लागि चुनिएका जनप्रतिनिधिबाटै जनतामाथि अपमानजनक व्यवहार हुनु विडम्बनापूर्ण छ।

यस्तै एक गम्भीर घटनामा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवमाथि सार्वजनिक स्थानमै मदिराको सुरमा कलैया उपमहानगरपालिका–३, गङ्गापुरका विकास साहलाई हातपात गर्ने प्रयास गरेको आरोप लागेको छ।

पीडित विकास साहका अनुसार, उनी सामान्य कामको सिलसिलामा कलैया–गढीमाई सडकअन्तर्गत यामाहा शोरुमअगाडि बाटो काट्दै थिए।

सोही क्रममा गाउँपालिका अध्यक्ष यादव चढेको मधेश प्रदेश ०३–००१ च ७७२२ नम्बरको स्कार्पियो गाडीको पछाडिको टायर आफैँ पड्कियो। तर, अध्यक्ष यादवले आफ्नो बाइकले छोएर टायर पड्केको भन्दै आफूमाथि दुर्व्यवहार गरेको साहको आरोप छ। साहले अध्यक्ष यादवले आफ्नो पद र शक्तिको दम्भ देखाएर आफूलाई हप्काउन खोजेको र यसबाट आफू मानसिक रूपमा प्रताडित भएको बताएका छन्।

स्थानीय नागरिकहरूले यस घटनाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। “हामीले भोट दिएर सेवा गर्न पठाएका जनप्रतिनिधि आजभोलि सेवाग्राही र आम जनतालाई तुच्छ व्यवहार गर्न थालेका छन्,” एक स्थानीयले तितो अनुभव सुनाए। पीडित साहले गाउँपालिका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले दिउँसै मदिरा सेवन गरी सदरमुकाममा चिच्याउने, धम्काउने र हातपात गर्न खोज्नुले गाउँपालिकाको इज्जत धुमिलिएको गुनासो गरेका छन्।

उनले अध्यक्षले ‘पावर’को भरमा थुन्न लगाउने धम्की दिएको भन्दै आफू असुरक्षित महसुस गरेको पनि बताए।
घटनाका प्रत्यक्षदर्शी स्थानीय ट्राफिक प्रहरीले पनि अध्यक्षको प्रभावमा परेर पीडितको कुरा नसुनी उल्टै हप्काएको आरोप पीडितले लगाएका छन्।

सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले देखाएको यो व्यवहार स्थानीय शासनमा देखिएको विकृति र चरम दुरुपयोगको ज्वलन्त उदाहरण हो। जनताको सेवामा समर्पित हुनुपर्ने अध्यक्ष नै जब जनतामाथि हातपातमा उत्रन्छन् भने लोकतन्त्र र स्थानीय शासनको औचित्यमाथि गम्भीर प्रश्न उठ्छ ।यस बिषयमा जानकारी लिने प्रयास गर्दा अध्यक्ष यादव सम्पर्कमा आउन चाहेनन ।

Post Views: 1
Previous Post

रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

Next Post

बारामा लागुऔषधको जालो: ठुलाे परिमाणमा लागू औषध एम्पुलसहित २ जना समातिए

admin

admin

Next Post
बारामा लागुऔषधको जालो: ठुलाे परिमाणमा लागू औषध एम्पुलसहित २ जना समातिए

बारामा लागुऔषधको जालो: ठुलाे परिमाणमा लागू औषध एम्पुलसहित २ जना समातिए

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.